बारा १३ पुस / सशस्त्र प्रहरी बल बारा द्वारा एक
भरतिय गाडी कार बरामद गरेकाछन । सशस्त्र प्रहरी बल
न१२ गण हे क्वा बाराको मातहतमा रहेको बिओपी
बरैनियाको सशस्त्र प्रहरी निरिक्षक दिपक थापाको
कमाण्डमा खटिएको चेकिङ टोलिले मुसहर्वामा चेक
जाँच गर्ने क्रममा भारतबाट मुसहर्वा हुन्दै नेपाल तर्फ
आउन्दै गरेको भारतिय गाडि न S K 01 P 1960 कार
रोकि चेकजाच गर्ने क्रममा कुनै किसिमको ठिक कागजात
फेला नपरेको र चालक फरार भएकोले उक्त गाडिको विषयमा गहिरो अनुसन्धान गर्दै जाने क्रममा उक्त गाडि
चोरीको रहेकोले आवश्यक कार्वाहीको लगि रु १० लाख
मुल्यांकन गरि भन्सार कार्यालय बिरगंज पठाएको सप्रनी दिपक थापाले बताए ।
