सशस्त्र प्रहरी वल नेपाल सिराहाबाट पेस्तोल, गोलि र नगद बरामद।



सिरहा २० कार्तिक / अं १८:०५ बजे स प्र बल नेपाल ईन्‍टिलिजेन्‍स ब्‍युरोको विशेष सूचनाको आधारमा   जिल्ला सिरहा लहान न.पा. १ सिङ्गराहीमा सप्रबल नेपाल सिराहाको बिशेष टोलीले चेकजाँच गर्ने क्रममा स.९ प. ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार शङ्कास्पद तिन जना  ब्‍यक्‍तिहरु  को साथ बाट आधुनिक हतियार   ९ mm ब्राउण्‍डिङ पेस्‍तोल १ थान , सोको म्‍याग्‍जिन १ थान, राउण्‍ड २ दुई , नगद रकम 


 १,८४,२५३ /-  का साथै चार थान मोबाइल सेट र  बिभिन्न कम्पनिको रु. ४६४५००/- मुल्य बराबर को रिचार्ज कार्ड  बरामद गरिको। पक्राउ पर्नेमा ब्‍याक्‍तिहरु  जि.सप्‍तरी सुरुङ्गगा न.पा. ८ बस्‍ने बर्ष ३२ को अनिल राम , जि.सप्‍तरी सुरुङ्गगा न.पा. ५ बस्‍ने बर्ष ३० को 


 जिबान्‍नद चौधरी ,जि.सप्‍तरी खड्क न.पा. ४ बस्‍ने बर्ष ३५ को संजय प्रसाद चौधरी  रहेका निजहरू अपराघिक गतिविधि मा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने भएकाले निजहरूलाई नियन्त्रणमा लगि थप अनुसन्धानका लागि सम्‍बन्‍धित निकायमा बुझाउने प्रकृयामा र हेको सशस्त्र प्रहरीवल सिरहा बताए ।
 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?