सशस्त्र प्रहरी वल नेपाल द्वारा मधेश प्रदेशमा नेपाल भारत सिमा स्तम्भको मर्मत कार्यको शुरवात।



नेपाल भारत Boundary Working Group (BWG) को पाँचौ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सिमा स्तम्भहरु मध्ये जोर नम्बरको सिमा स्तम्भहरु भारतिय सशस्त्र सिमा बल (SSB) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सिमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय तथा नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७७/ ०४ /१९ गतेको निर्णय अनुशार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सिमा स्तम्भहरु सशस्त्र प्रहरी बल 


 नेपाल लाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मधेश प्रदेशको जिम्मेवारी क्षेत्र रहेको सशस्त्र प्रहरी वल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले धनुषाको सिमानामा आयोजित कार्यक्रममा मर्मत कार्यको शुरुवात गराई मधेश प्रदेशमा रहेका सम्पूर्ण जिल्लाहरुमा सिमा स्तम्भको मर्मत सम्भार कार्यको शुरुवात भएको र पहिलो चरणमा यस प्रदेशमा १ हजार भन्दा बढीको संख्यामा मर्मत हुने जान कारी गराउनु भयो। 
दुरुस्त अवस्थाको सिमा स्तम्भले सिमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाल लाई थप प्रभावकारी रुपमा सिमा को सुरक्षा गर्न सहज हुने र यसले सिमाको सुरक्षा मात्र नभएर सिमा अपराध नियन्त्रण गर्नका साथै दुई देश बिचको सम्बन्ध थप मजवुद वनाउन योगदान पुर्याउने समेत बताउनु भयो। 
नेपाल सरकार बाट सशस्त्र प्रहरी बल, नेपाल लाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भईसकेकोले आगामि दिनहरुमा निरन्तर रुपमा मर्मत कार्य सुचारु रहने र मर्मतका क्रममा स्थानिय जनसमुदाय तथा जन प्रतिनिधिहरुको सहयोग अपरिहार्य रहेको समेत जानकारी गराउनु भएको थियो । 
सशस्त्र प्रहरी बल, नेपालले सिमावर्ति क्षेत्रका नागरिकको सहयोग बिना प्रभावकारी रुपमा सिमा सुरक्षा तथा सिमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महसुस गरी सिमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम शुरु गरीसकेको र सोही अन्तर्गत गत कार्तिक १ गते सशस्त्र प्रहरी बल, नेपाल नं. 2 छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १४३ वडाका वडा अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराउनु भएको थियो । 

जिल्ला पर्सामा आज मिति 2080।07।16 गते अन्दाजी 09:35 बजेको समयबाट सशस्त्र प्रहरी बल, नेपाल नं 13 गण हे.क्वा., पर्साको जिम्मेवारी क्षेत्रमा रहेका सिमा स्तम्भहरुको रंगरोगन तथा मर्मत कार्य जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण खड्का, जिल्ला पर्सा बि.म.न.पा.-२ का वडा अध्यक्ष महमद रियाज, वडा नं. 16 का वडा अध्यक्ष परशुराम चौरसिया र भारतीय  पत्रकारहरु, SSB47BTN पन्टोका रक्सौलबाट 2IC Aanindra Mani ,Deputy Commandant  दिपक सबिताको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल नं. 13 गण हे.क्वा., पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपाल तर्फ जिल्ला बि.म.न.पा.-2 ईनरुवा र भारत तर्फ पूर्वी चम्पारण पन्टोका पंचायत -4 सुन्दरपुर स्थित रहेको सानो सिमा स्तम्भ नं. 391/4 बाट सिमा स्तम्भ मर्मत तथा रंगरोगनको कार्य सुरुवात 


 गर्नु भएको छ। यसै सिलसिला मा बारा जिल्लामा पनि सिमा स्तम्भ मर्मत कार्य शुरु भयको छ । स्थानिय जनप्रतिनिधी, नापी बिभाग, जिल्ला प्रसासन कार्यालय र SSB का परातिनिधि काे उपस्थिति मा सशस्त्र प्रहरी बल नेपाल ले उक्त कार्य को सुभारम्भ गरेकाे हाे । पचताैरा न.पा.का उपमेयर नसिमा खातुन,न.12गण का गणपित टाेप ब.डांगी,वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलय का प्रतिनिध,भारतीय ssb लगायत अन्य स्थानीयहरूको 
उपस्थिति रहेकोथियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?