पर्साबाट पेस्तोलसहित २ जना पक्राउ

वीरगंज, १२ कार्तिक ।
पर्सा प्रहरीले एकथान हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा पर्सा प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले दुबैजनालाई गएको ५ गते वीरगंजको दुर्ई बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो । प्रहरीमा आएको सूचनाको आधारमा वीरगंज महानगरपालिकाको वडा नम्बर २६ सुगौलीका सरफराज अन्सारी र साहिल अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले शुरूमा वीरगंजको छपकैयाँबाट एकथान नलकटुवा पेस्तोलसहित साहिल अन्सारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहिलले गरेको बयानको आधारमा थप सरफराजलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका एसपी कोमलविक्रम शाहले जनाए । प्रहरी हिरासतमा रहेका दुबै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान म्याद थप भइ अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको स्रोतले जनाएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?