नक्कली पत्रकार तथा प्रहरीको नाममा पैसा उठाउने एकजना पक्राउ

वीरगंज, ३ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पत्रकार हुँ भनी अफवाह फैलाउने नक्कली पत्रकार पक्राउ गरेको जनाएको छ ।

दर्ता नै नभएको अनलाइन न्युज पोर्टल नामक फेसबूक पेज प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुटा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको तथा दशै खर्च माग गरेको उजुरीको आधारमा वीरगंज महानगरपालिका–१० अशोकवाटिका बस्ने वर्ष २६ को रवि कुमार वर्णवाललाई मिति प्रहरीले पक्राउ गरेको सूचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपाने जानकारी गराएका छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालयको नाउँमा रकम उठाएको आरोमपा एकजनालाई पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताए ।

कलैया–१० मटिअर्वा नाकाबाट अवैध रूपमा कर छली गरी एलइडी भिœयाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एसपी र डिएसपीको नाममा तस्करसँग रकम सङ्कलन गरेको अभियोगमा मटिअर्वा वस्ने वर्ष ३७ को मनोज कुमार सहनीलाई पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताएका छन् ।
 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?