भैंसीको ठक्करबाट धनेशको मृत्यु

वीरगंज, ९ कात्तिक ।

छाडा भैंसीको ठक्करबाट पर्साको  जगरनाथपुर गाउँपालिका–४ हरपुरमा एकजनाको मृत्यु भएको छ ।

जीराभवानी गाउँपालिका–५ बस्ने धनेश महतो र सङ्गीतादेवी भारतीय नम्बरको मोटरसाइकलमा जाँदा गर्दा सडकमा चरिरहेको भैंसी र राँगासँग ठोक्किदा उनीहरुलाई गम्भीर चोट लागेको थियो ।

भैंसीको ठक्करबाट गम्भीर घाइते भएका धनेशको एसएल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने उनको पत्नी सङ्गिताको उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?