सशस्त्र प्रहरी द्वारा १० लाख बराबरको बिस्फोट पटाखा पक्राउ



भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्‍याउन तयारी भइरहेकाे पटका प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको हो ।
रामग्राम नगरपालिका-१२ मा लुकाइछिपाइ राखेको १० लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वाटरका एसपी धीरेन्द्रराज न्यौपानेले बताए ।

रामग्रामबाट सुनवलको भुमही लैजानका लागि पिकअपमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पटका बरामद गरेको हो । बरामद भएको पटाकाको बजार मूल्य १० लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ।

बरामद पटाका जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा नस्ट गरिएको छ । चाडपर्व नजिकिएपछि सीमा क्षेत्रबाट पटका ओसारपसार बढ्ने गरेको छ ।



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?