विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर

वीरगंज, २५ असोज ।

विश्व दृष्टि दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

आज बिहान ९ बजेदेखि शुरू भएको शिविरमा ३८ जनाको आँखा चेकजाँच गरिएकोमा १३ जना मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सक अन्जली चौधरीले जानकारी गराइन् ।

शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरूको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा निश्शुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले बनाउने कुरा संस्थाका सभापती भगवती प्रसाद चौधरीले बताए ।

भगवती प्रसाद चौधरीको सभापतिŒवमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेल, जेष्ठ नागरिकका पुर्वअध्यक्ष जगदीश प्रसाद शर्मा, नेपाल रेडक्रस प्रदेस २ का अध्यक्ष फुलमहम्मद मियाँ, महन्थ प्रसाद यादव, नेत्रज्योतिका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सन्तोष ज्यासवाल, उमेस गुप्ता, उदय राज शर्मा, मधुराणा, समिता दास,  सुनिता नेपाली, अन्जु श्रेष्ठ, सुरेन्द्र बहादुर रन्जितकार लगायतको उपस्थित रहेको थियो भने प्राबिधिक सहयोग अन्जली चौधरी, राजिव साह, चन्चल बाबू केवटले गर्नु भएको कुरा नेत्रज्योति सघका जिल्ला सदश्य राजन श्रीवास्तवले जानकारी गराएका छन ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?