सशस्त्र प्रहरीबल नेपाल ८ न गण हे क्वा धनुषाले भन्सार छलि चोरी पैठारीको समान पक्राउ गरे ।


 
असोज २८ धनुषा / सशस्त्र प्रहरीले भन्सार 
 छलि चोरी पैठारीको अ ४ लाख ५० हजार 
बराबरको समानहरु पक्राउ गरेकाछन । विषेश सुचनाको अधारमा सशस्त्र प्रहरीबल नेपाल ८ न गण हे क्वा धनुषाबाट स प्र नि बिकाश थापा क्षेत्रीको कमाण्ड रहेको
     टोलिले कपिलेश्वार इलाकाबाट २८गते ८:३०


 बजेको समयमा भारतबाट नेपाल तर्फ आउन्दै गरेका ज ८प ४३१३ र म प्र ०२००६प ०२५२ को मोटरसाइकल विभिन्न ब्रान्डका जुत्ता पक्राउ गरेकाछन । तस्करहरुले सशस्त्र प्रहरीलाई देखेपछि मोटरसाइकल  छोडी


 भागेकाहुन । पक्राउ गरिएका जुत्ता र मोटरसाइकलको ४लाख ५० हजार मुल्यांकन गरि आवशयक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाएको गणका प्रवक्ता एवँम सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी )
  यदु कार्कीले बताए । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?