बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा ।



रोशन निधि
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा न.८ स्थित घन्टाघर बाट मिति २०८०/०४/३२ गते राति १०:३० बजेको समयमा 
 बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा  वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले   घन्टाघर  सडकखण्डमा ना.६ ख ७९७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजि मुल्य रू ५५,११,३३८ ।– (पचपन्न लाख एघार हजार तिन सय अडतीस ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयरका सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०४।३२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले जानकारी गराउनु भएको छ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?