टिहुकी जग्गा खरिद बिक्री प्रकरणः राजनीतिक प्रतिशोध सांध्न बिवाद उत्पन्न गराइयो

वीरगंज, ६ भदौ । पर्साको छिपहरमाई गाउँँपालिका वडा नं.३ झलमैहीयामा जग्गा खरिद बिक्रीको बिवादबारे पत्रकार सम्मेलन गरिएको छ । 

जग्गा खरिद गर्ने व्यक्ति रामेश्वर साह कानुले खरिदकर्ता तथा बिक्रिकर्ता छिपहरमाई गाउँँपालिका वडा नं. २ टिहुकी निवासी तारा देवी बिच कुनै बिवाद नरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ वीरगंजमा पत्रकार सम्मेलनमोछिपहरमाई गाउँँपालिका अध्यक्ष मनोज गुप्ताले स्थानीयहरूलाई लडाउन खाजेको आरोप लगाइएको थियो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कानुले स्थानीयहरूको रोहबरमा दुर्ई कठ्ठा जग्गा खरिदका लागि आफुले तारा देवीलाई १२ लाख ४६ हजार रुपियाँ दिएको बताए ।

स्थानीय भद्र भलादमीहरूकै आग्रहमा आफु जग्गा खरिदका लागि अग्रसर भएको र सहमतीमै प्रति कठ्ठा १० लाख ५० हजार रुपियाँ मोल कायम गरिएको र निज देवीले कागज पनि बनाई दिएको बताए ।

उनले देवी जग्गा पास गर्न आलटाल गर्दा आफुले ठगी मुद्दा दिएको भएपनि कुटपिट नगरेको बताए । इलाका प्रहरी कार्यालय पोखरीयाबाट सकुशल घर फर्किएकी देवीले पैसा दम्पच गर्न झुठा आरोप लगाएको तथा आफ्नो परिवारलाई बदनाम गर्न खाजेको कानुले आरोप लगाए ।

गाउँँपालिकाका अध्यक्ष मनोज गुप्ता एवं जगरनाथपुर गाउँँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ उपस्थित रहेको छलफलमा स्वमं गुप्ताले नै इलाका प्रहरी कार्यालय पोखरीयाबाट देवीलाई घर लगेको बताउँदै कानुले भोली पल्ट कुरालाई अर्कै रूप दिन खाजिएको आरोप लगाए । चुनावमा सहयोग नगरेको भन्दै अध्यक्ष गुप्ता सहितका केहि व्यक्तिहरूले आफुहरूसँग राजनीतिक प्रतिसोध साध्न खाजेको कानुको आरोप छ ।

पत्रकार सम्मेलनमा कानुले देवीको जग्गा लिलामीमा रहेको तथा उक्त जग्गालाई लिलामीबाट बचाउन आफुले स्थानीय भद्र भलादमीहरूकै आग्रहमा सहकारी बैंक एवं बिभिन्न व्यक्तीहरूलाई दिनका लागि पैसा दिएको बताए । उनले उक्त पैसा र जग्गाको मोल अनुसार थप रकम दिएर दुर्ई कठ्ठा जग्गा पास गर्ने सहमती पनि बनेको पत्रकार सम्मेलनमा बताए ।

जेनतेन गरी जग्गा पासका लागि देवी सहित उनका परिवारका सदस्यहरू राजी भएको भएपनि पहिलो दिन समय अभावका कारण मालपोत कार्यालयमा केही काम भएको तथा थप कामका लागि भोली आउने सहमती बनेको कानुले बताए । तर गाउँँपालिका अध्यक्ष मनोज गुप्ताको उस्काहटमा परी देवी आफ्नो वाचाबाट पछि हटेको एवं उल्टै झुठा आरोप लगाई आफुहरूलाई फसान खाजेको आरोप लगाए । यता जग्गाधनीले जग्गाको मोल कम भएको दावी गरी रहदा खरिद कर्ता रामेश्वर कानुले जग्गा नदिए आफुसँग लिएको रकम फिर्ता गर्नु पर्ने माग राखेका छन् ।

कानुले गाउँँपालिका अध्यक्ष गुप्ताले आफ्नो पार्टीमा आए बिवाद मिलाई दिने नआए आफ्नो रकम खर्च गरी औकाद हेराई दिने भन्ने गरेको पत्रकार सम्मेलनमा आरोप लगाए । पत्रकार सम्मेलनमा कानुका परिवारका सदस्य,स्थानीय युवा नेता शेष अमान, शाहरूख मंसुर लगायतको उपस्थिति रहेको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?