अवैधरूपमा वीरगंजमा सञ्चालित तीनवटा विद्यालयमा महानगरको सिलबन्दी

वीरगंज, १३ भदौ । वीरगंज महानगरपालिकाभित्र अवैधरूपले सञ्चालित तीनवटा विद्यालय तथा कलेज बन्द गराएको छ । 

आज तीन वटा विद्यालयमा सिलबन्दी गरेको महानगरले जनाएको छ । वीरगंज–१३ स्थित वीरगञ्ज स्कुल अफ ल, वीरगञ्ज ११ स्थित ईम्पेरियल कलेज र वीरगञ्ज ५ रेशमकोठीस्थित बिजी बिज किड्स प्रि प्राइमर स्कुलमा सिलबन्दी गरेको हो । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि महानगरपालिकाले उनीहरूलाई कारबाई गरेको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाई गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्र्तगतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको बताए ।

वीरगंजका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा विद्यालयमा सिलबन्दी गरिएको थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?