रोशन निधि
बारा /सशस्त्र प्रहरी बाराले आइतबार बच्चा चोरि गरेर भारतको बिहार तर्फ लैजादैइ गरेको अवस्थामा तबरेज आलम बर्ष २२ को भारतिय नागरिक लाई पक्राउ गरेको छ।
बारा जिल्लाको देवताल गाउँपालिका वडा नाे.३ बस्ने ननकि अमुवा बस्ने शिवपुजन मह्तोको ९ महिनाको छोरि लछ्मि मह्तो र प्रेमचन्द्र मह्तोको छोरा बर्ष २ को सत्यम कुमार महतो लाई गृनेफ गरि बिहारको पुर्बीचमपारण मुर्तिया ग्राम पन्चायत ४ आदापुर बस्ने तबरेज आलमलाई सशस्त्र प्रहरी बल १२ न. गण हे क्वा बाराकाे मातहत बिओपि दझिनझिटकैयाले पक्राउ गरि नियन्त्रणमा लिएको थियोे ।


सशस्त्र प्रहरी उपरीक्षक टाेप बहादुर डाङीले जानकारी गराए। तबरेज आलमले चोरी गरेको बच्चाहरु लाई बोरामा राखि भारत तर्फ लैजाने क्रममा बच्चाहरु रोएकाे आवाज सुनेपछि सशस्त्र प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठको कमान्डमा खटिएको टाेलिले शंन्का लागि चेकजाँच गर्दा बोरा भित्र बच्चाहरु फेलापरेको थियोे ।
प्रहरी उपरीक्षक टाेप बहादुर डाङीका अनुसार बच्चाहरुको उदार पस्चात अभिभावक लाई जिम्मा लगाएकाे र बच्चा चोरी गर्ने भारतिय नागरिक तबरेज आलम लाई प्रहरी चौकि देवापुर बारामा आवशक कार्वाहीको लागि बुझाएको छ।
