बाराको छतवामा एक महिलाले गरिन आत्महत्या



 बारा / बाराका विश्रामपुर गाउँपालिकाको वाड न १ छतवामा शुक्रबार एक महिलाले आत्महत्या गरेकेछिन । पर्साको बिरगंज 
महानगरपालिका वडा न १२ मुर्ली माइति भएकी अ • २५/२६ बर्षकी सन्दीप कुशवाहाको श्रीमती जिया देवी कुशवाहाले आफ्नै सुत्ने कोठामा नाइलनको डोरीले पासो बानाइ पंखामा झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताए । श्रोतको अनुसार त्यो दिन श्रीमान र श्रीमती बिच समन्वय विवादको कारण श्रीमान आमा संगै आमाको कोठामा सुतेकाथिए । बिहान अ ६: बजे  श्रीमानले श्रीमतीलाई पंखामा झुन्डिएको  देखेर प्रहरीलाई खबर गरेका थिए । खवर पाउनसाथ छतवा प्रहरी चौकीबाट वरिष्ठ सइ श्याम बाबुको कमान्डमा आएका टोलिले  घटना स्थल सुरक्षित राखी जिल्ला प्रहरी कार्यालय बाराबाट आएको टोलीले शवलाइ आवसयक प्रक्रिया पूरा गरि शवलाइ पोस्टमार्टमको  लागि जिल्ला अस्पताल कलैया बारा पठायो । तर माइती पक्षले हत्या भएको आरोप लगाएकाछन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?