वीरगंज, १६ श्रावण।
सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्साले सोमवार दुई लाख ६ हजार सहित १ जना पुरुषलाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा सप्रनि प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना ४९ प ३०३७ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मो. सा. लाई शंका लागी रोकी चेकजाच गर्दा मो.सा. मा सवार जि. पर्सा बि.म.न.पा. १० आदर्शनगर बस्ने बर्ष ५८ को बिष्णु कुमार साहको खल्तीबाट हुन्डी भारतीय रुपैया रु २लाख ६ हजार समेत र मोटरसाईकल र निज व्याक्तिलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यलय पथलैयामा बुझाईएको गुल्मले जनाएको छ।
त्त्यस्तै भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याईएको अवैध लत्ताकपडा नियन्त्रणमा लिईएको छ।
वीरगंज महानगरपालिका -१६ भन्सार स्थित चेकप्वाईन्ट तथा विभिन्न ईलाकाबाट २ लाख ४५ हजार भन्दा बढि मुल्यको लत्ताकपडाहरु, खाधन्न, स्पिकर बोर्ड लगायत सामानहरु रहेका छन। नियन्त्रित सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको जानकारी गुल्मले गराएको छ।
