बारामा ६० प्रतिशत रोपाइँ

कलैया, ८ साउन
बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष कृषकले बर्खे धान 'भदैया' १० हजार नौ सय पाँच हेक्टर, 'अगहनी' ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।
 
जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताउनुभयो । उहाँका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ ।

गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिनुभयो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?