सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

जीतपुर २९ वैशाख  । शुकबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा तोकिएको थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?