प्रेस युनियन बाराकाे अध्यक्षमा यादव र उपाध्यक्षमा खतिवडा सर्वसम्मत चयन

वीरगन्ज ,२३बैशाख : नेपाल प्रेस युनियन बाराकाे अध्यक्षमा श्यामबाबु यादव पुन चयन भएका छन् ।

शुक्रबार कलैयामा सम्पन्न साताैं जिल्ला अधिवेशनबाट युनियनकाे अध्यक्षमा यादव दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दाेश्राे कार्यकालकालागि सर्वसम्मत चयन भएका छन् ।

समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा , सहसचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता ,राहुल गुप्ता ,प्रभु यादव, नुर आलम बादसाह, सन्दिप यादवर लगायत चयन भएका छन् ।

The post प्रेस युनियन बाराकाे अध्यक्षमा यादव र उपाध्यक्षमा खतिवडा सर्वसम्मत चयन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?