पर्साकाे कल्याणपुरबाट तीन थान गाेलिया काठसहित एक जना पक्राउ

फाइल फोटो

वीरगन्ज ,९ जेष्ठ : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट वनगस्ति टाेलीले सालको गोलिया काठ र साइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

सब डिभिजन वन कार्यालय रङ्गपुर टाडीको वन गस्ती टोलीले अवैध सालको गाेलिया काठ र साइकलसहित एक जनालाई पक्राउ गरेको हाे।

पर्साको राष्ट्रिय वनबाट अवैध रुपमा सालको रुख कटान गरी गाेलिया काठ साइकलमा लोड गरी लैँजादै गरेको अवस्थामा वन गस्ति टोलीले तीन थान सालको गोलिया काठ र ३ थान साइकलसहित सखुवा प्रसाैनी गाँउपालिका ४ देउरवानाका रुस्तम अली अन्सारीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय पर्साका जिल्ला वन अधिकृत सुभासचन्द्र दासले बताए ।

अरु दुई जना तस्करहरु भने काठसहितकाे साइकल छाडेर फरार भएकाे उनले जानकारी दिए।

The post पर्साकाे कल्याणपुरबाट तीन थान गाेलिया काठसहित एक जना पक्राउ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?