अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना

वीरगन्ज, ४ जेष्ठ : वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा सार्बजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाइएको छ ।

सार्बजनिक सडक अवरुद्ध हुने गरि निर्माण गरिएको संरचना वीरगन्ज महानगरको टोलीले बिहीबार डाेजर लगाएर हटाएको हो । डोजरसहित गएको टोलीले अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाएको छ ।

यस्तै पोखरीको पूर्वपट्टी रहेको सडकमा निर्माण गरिएका ४ वटा घरको पर्खाल पनि हटाइएको छ ।

सडक अतिक्रमण गरि बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माण कार्य अघि बढ्ने वडा नम्बर १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताए ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथे त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ ।

अलाैंमा बिहीबार अतिक्रमित संरचना हटाउन महानगपालिकाका मेयर राजेशमान सिंह आफैं पुगेका थिए ।

वीरगन्ज महानगरपालिकाका मेयर सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गरे ।

अलाैंमा अतिक्रमण हटाउन मेयर सिंहकासाथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि प्रसाद पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुषाल लगायतको टोली पुगेको थियो ।

The post अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?