१० किलो चरेससहित पर्साबाट एकजना पक्राउ

वीरगंज, १२ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले १० किलो लागूऔषध चरेससहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

 
आज बिहान १०ः०० बजे पर्सा जिल्ला कालिकामाई गाउँपालिका–१ स्थित नहर सडक खण्डमा प्रहरी चौकी आशवारीले चेकजाँच गर्ने क्रममा बिआर२२एटी ८४९८ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय अनिल पासवानलाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।

 
पासवानले बोकेको झोलाभित्र २० प्याकेट (५०० ग्राम प्रतिप्याकेट) चरेस १० किलो बरामद भएको र इलाका प्रहरी कार्यालय पोखरिया अनुसन्धानको लागि राखिएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?