गोली प्रहारबाट रौतहटमा वृद्धको हत्या

रौतहट, ११ जेठ ।


रौतहटमा एकजना वृद्धको गोली प्रहार गरी हत्या गरिएको छ । देवाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयबको टाउकोमा गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।


करुणियाबाट लक्षिमिनया जाने मन्दिर नजिक बाटोमा बिहीवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन् ।


राति १२ बजेको समयमा पटाका पड्किएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?