बगही युवा क्लबको कार्यक्रममा ३ महिला सहित ७५ जनाले गरे रगतदान

फोटो : अजित भुजेलको फेसबुकबाट

वीरगन्ज, ६ जेष्ठ : वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३ जना महिला सहित ७५ जनाले रगतदान गरेका छन् ।

बगही युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सचिता देवी , सबिता देवी , भुमी कुर्मी , राजकुमार राउत , राकेश राउत , बिक्रम कुमार पटेल , सुरेन्द्र कुमार पटेल , बिक्रम सहनी , अच्छेलाल ठाकुर , नन्दु साह , धर्मेन्द्र प्रसाद यादव , मुकेश कुमार महतो , रुदल यादव , घनश्याम पटेल , सुनिल कुमार साह , कुशलराज महतो , केदार पटेल , प्रदिप साह ,अजित कुमार लगायतले रगतदान गरेका हुन् ।

बगही युवा क्लबका अध्यक्ष अनिल कुमार पटेलको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यता भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कडेल , पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरि , वडाध्यक्ष सरजुग महतो , वडा सदस्य सुभाष कुशवाहा , युवा अभियन्ता दिलिपराज कार्की , सामुदायिक आँखा अस्पताल वीरगन्का सञ्चालक महेशसिंह धामी ,पत्रकारहरु अजित भुजेल , जगत राई लगायतको पनि उपस्थिति रहेको थियो ।

The post बगही युवा क्लबको कार्यक्रममा ३ महिला सहित ७५ जनाले गरे रगतदान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?