वीरगंजमा फोहोर फाल्ने एक जनालाई ५० हजार जरिवाना


वीरगंज, २२ बैशाख । 

वीरगंज महानगरपालिकाले शुक्रवार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाई गरि ५० हजार रुपियाँँ जरिबाना तिराएको छ ।

सफा, स्वच्छ र सुन्दर वीरगंज महानगर बनाउने अभियानका साथ सरसफाईलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाई गरेको हो ।

वीरगंजको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हडडी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपियाँँ जरिबाना गरेको हो ।महानगरले यस अघि वीरगंजकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपियाँँ जरिबाना गरेको थियो ।

महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाई गरि ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रवारसम्म ३ सय ९० जनालाई कारबाई गरि जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपियाँँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँँले जानकारी दिए ।

वीरगंज शहरलाई सफा र स्वच्छ राख्न सरसफाई र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजार देखि ५१ हजार रुपियाँँसम्म जरिवाना तिराउदै आएको छ ।

नगर सफा राख्न वीरगंज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३–३ पटक फोहोर सङ्कलन गर्नुकासाथै बु्रमरमार्पmत सडकको धुलो बढार्ने काम पनि गरिरहेको छ ।


Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?