सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सवारी साधनमा चम्किलो स्टिकर टाँस

वीरगंज, २४ वैशाख ।
 
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली वीरगंजले आइतवार हलुका सवारी साधनमा चम्किलो स्टिकर टाँस गरेको छ ।
 
केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सवारी दुर्घटना रोकथाम नियन्त्रण गर्न ५० वटा साइकल, ४० वटा ठेला, २० वटा रिक्शामा चम्किलो स्टिकर टाँस गरिएको हो । रातिको समयमा साइकल, रिक्शा, ठेलामा बत्ती नहुने  गरेकोले दुर्घटना बढ्न थालेपछि सोको रोकथामको लागि चम्किलो स्टिकर टाँस गरिएको सचिव प्रधानले बताए ।  
 
कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार गणेशप्रसाद यादवलगायतले साइकल, रिक्शा, ठेलामा चम्किलो स्टिकर टाँस गरेका थिए ।   

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?