कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त कक्षा १२ को परीक्षा दिने क्रममा पक्राउ

रौतहट  शुक्रबार, २९ बैशाख २०८०  । 

कर्तव्य ज्यान मुद्दामा फरारको  सूचीमा रहेर हेटौँडामा कक्षा १२ को परीक्षा दिइरहेका एक जना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय वृन्दावन नगरपालिका ३ का भोजिन्द्र राय यादवको छोरा वर्ष २२ को विवेक यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए।

हेटौडा स्थित  बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिई रहेको भनी गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी सँग समन्वय गरी  अभियुक्त विवेक  यादवलाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिएका छन्।

अभियुक्त यादवलाई आवश्यक कारबाहीको लागी सम्मानित  जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?