हज गर्न मक्का मदिना जाने पर्साका हज यात्रीहरुलाई मेयर सिंहले गरे विदाई

वीरगन्ज, ६ जेष्ठ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले साउदी अरबको मक्का मदिनामा हज गर्न जाने पर्साका २४ जना हज यात्रीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको मदिना जामे मस्जिदमा शनिबार आयोजित कार्यक्रममा मेयर सिंहले हजयात्रीहरुलाई विदाई गरेका हुन् ।

हजका लागि साउदी अरबको मक्का मदिना जान हिडेका हज यात्रीहरुलाई मेयर सिंहले खादा लगाएर पुष्प गुच्छा दिँदै बिदाई गरेका हुन् ।

त्यसअवसरमा मेयर सिंहले आफनो धार्मिक परम्परा र रितिरिवाजलाई कायम राख्न आग्रहपनि गरे ।

The post हज गर्न मक्का मदिना जाने पर्साका हज यात्रीहरुलाई मेयर सिंहले गरे विदाई appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?