स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना पक्राउ

प्रकाशित मिति : २०८० बैशाख २७ बुधबार |

पर्सा । स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना पक्राउ परेका छन् ।

 जिल्ला पर्सा बिन्दबासीनी गाउँपालिका वडा नं।५ प्रसौनीभाटा पुल स्थितमा यस कार्यालय मातहत प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको BR 05 S 4702 न.को मोटरसाईकल रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।

मोटरसाइकल पछाडि सवार भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु १००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान गरी जम्मा रु १२,००,००० फेला परेको हो ।

चालक वडा नं ६ बस्ने बर्ष २६ को मुसाहेब आलम र धनन्जय कुमार गुप्तालाई मो।सा।र नगद सहित नियन्त्रणमा लिई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा २०८०।०१।२७ गते पर्सा जिल्ला अदालतबाट  पाँच दिन  म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको प्रहरीले जनाएको छ।

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?