मधेश सरकारमा कांग्रेस सहभागी, कृष्ण र वीरेन्द्र बने मन्त्री

९ जेठ, जकपुरधाम । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।

आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताए ।

उनका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ ।

मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् । चार वटा मन्त्रालय कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?