नेपाल रेडक्रस र विश्रामपुर गाउपालिकाका बिच सम्झौता सो अवसरमा रक्त दान कार्यक्रम सम्पन्न



बारा १३ बैशाख  / बाराको विश्रामपुर गाउँ 
पालिकाको आयोजनामा रक्तदान कार्यक्रम 
सम्पन्न भएकोछ । सो कार्यक्रममा पालिका 
को प्रमुख प्रशासकिय अधिकृत सुधन लामिछाने र बिओपी बरैनियाको सप्रनि दिनेस देउजा समेत २७ जना पुरुष र ४ जना 
महिला गरि ३१ जनाले रक्तदान गरेकाथिए । 
सो रक्तदान कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी पर्सा शखा र विश्रामपुर गाउँपालिका बिच सम्झौता भएकोछ। 


अब विश्रामपुर गापाको स्थानीयहरुलाइ बिरामीहरुलाइ चाहिने रक्तको समस्या समाधान भएकोछ। कुनै बिरामिलाइ रक्त 
चाहियो भने गापाको सिफारिसबाट नि:शुल्क 
रक्त पाइने स्वास्थ शाखाको प्रमुख अलि हुसेन अंसारीले बताए । रक्तदान कार्यक्रम 
गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) को अध्यक्षतामा सम्पन्न भएकोथियो ।
कार्यक्रममा गापाको प्रतिनिधि कर्मचारी सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयको 
उपस्थिति रहेकोथियो । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?