रहर बालीमा आगजनी गरेको आरोप

बारा  २ वैशाख २०८० ।
जिल्लाको करैयामाई गाउँपालिका–८ नरही बस्ने बंगाली राउत अहिरको छोरा वर्ष ५६ को प्रताप राउत अहिरले सोही ठाउँ निवासी रामशरण महतो कोइरीको पत्नी वर्ष ५७ को इनरपति कुमारीको रहर बालीमा आगो लगाएको भन्दै कारबाईको मागसहित प्रहरी चौकी गंजभवानीपुरमा उजूरी दिएका छन् ।

औनिया टोल बस्ने राजा चौधरी थारुको चार कट्ठा खेतमा रहर बाली लगाएर जीवनयापन गर्दै आएकी इनरपति कुमारीको रहरबालीमा प्रताप राउतले २०७९ चैत ४ गते दिउँसो आगो लगाएर जलाइदिएको इनरपतिले दिएको उजूरीमा उल्लेख छ । आगजनीबाट पाँच क्विन्टल रहर बाली जलेर नष्ट भएकोले प्रतापलाई कारबाई गरी क्षतिपूर्तिको माग गरिएको उजूरीमा उल्लेख छ ।

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?