रड बोकेको ट्रयाक्टरमा ठोक्किदा एकजना सैनिक जवानको मृत्यु

बारा १५ बैशाख /  कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ। 

वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराती मोटसाइकल ठोक्किदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो ।  

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरिर भरी रड छिरेको छ । 

उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ ।

सो घटना पछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाईएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही– ६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिईएको छ ।




भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?