अभ्यास खेलमा ओमानविरूद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौंं,२बैशाख : एसीसी मेन्स प्रिमियर कपको तयारी स्वरुप शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई पाँच विकेटले पराजित गरेको छ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेट गुमाएर दुई सय ४६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई सय ४७ रनको लक्ष्य पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने एसीसी मेन्स प्रिमियर कपमा १० टिमको सहभागिता रहने छ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन पद्धतिबाट सेमिफाइन लिस्टको टुङ्गो लगाइनेछ।

समूह एमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब परेका छन्। यस्तै, समूह बीमा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा रहेर खेल्न पाउने छ। यही प्रतियोगिताका शीर्ष तीन टिमले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ। यस्तै, दोस्रो ८ गते ओमान, तेस्रो ११ साउदी अरबसँग र १४ गते कतारसँग खेल्ने छ। साउदी अरब र नेपालबीचको खेल मुलपानी मैदानमा हुनेछ।

 

The post अभ्यास खेलमा ओमानविरूद्ध नेपाल ५ विकेटले विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?