राैतहटमा झडप, ६ प्रहरी सहित ७ जना घाइते

काठमाडौं,२९चैत: रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा प्रहरीको गाेली लागेर गरुडा-५ का गजेन्द्र यादव घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।डडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड अश्रुग्यास र हवाइ फायर गरेको थियो ।

मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनकारीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्दा कार्यालयको गाडी र झ्यालको सीसासमेत फुटेको छ ।नगरपालिकामा भएको कमको गतिविधिको सूचना माग्दै यादव आमरण अनसनसमेत बसेका थिए । झडप पछि यादव लगायत ४ जनालाई पक्राउ गरेको इलाका प्रहरी गरुडाले जनाएको छ ।

The post राैतहटमा झडप, ६ प्रहरी सहित ७ जना घाइते appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?