नयाँ वर्ष र ईद पर्वकाे उपलक्ष्यमा ठाकुरराम क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मधेसखबर
वीरगन्ज ,२९चैत: नयाँ वर्ष र मुस्लिम धर्मावलम्बीको पर्व ईदकाे उपलक्ष्यमा वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

त्रिभुवन विश्वविद्यालय प्रजातान्त्रवादी कर्मचारी संघले बुधबार क्याम्पसकाे सभाकक्षमा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा सहभागीहरुलेनयाँ वर्ष र ईद पर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरे भने क्याम्पसमा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीलाई ईफतारी पनि गराइएको थियाे ।

त्रिवि प्रजातान्त्रवादी कर्मचारी संघकी क्याम्पस एकाइ अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता तथा क्याम्पस प्रमुख डाक्टर उमेश चाैरसियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि त्रिवि कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष गुन्जन सिंह रहेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु दिनेश साह, अनिल रमन, विनाेद साह, माेहन यादव , संघका वरिष्ठ नेता अखिलेश कायस्थ, मुजतुका अन्सारी ,संघका उपाध्यक्ष रामाधार प्रसाद साह, सदस्य दिपक तिवारी लगायतकाे पनि सहभागीता रहेकाे संघका सचिव मनाेहर साहले जानकारी दिए ।

The post नयाँ वर्ष र ईद पर्वकाे उपलक्ष्यमा ठाकुरराम क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?