बिरगंज १६ बैशाख / बिरगंज महानगर
पालिकाको नगर प्रहरीमाथि हातपात गर्ने
लाई ४ जनालाइ प्रहरीले पक्राउ गरेकाछन ।
एक नगर प्रहरीका अनुसार नियमित बाटो र
पसल राख्न नपाउने भएकोले सोही क्रममा
एउटा ठेलामा काक्रो बेच्न राखेकोलाइ हटाउने विषयलाई लिएर एक्कासी ५/६ जनाको समुहले हातपात गर्नु संगै वर्दी च्यात्तिएको थियो । उता एक काक्रो वालाको


अनुसार नगर प्रहरीको अतिनै ज्यादती बढैगएकोछ । उनको अनुसार हामी ठेलामा काक्रो लिएर जान्दै थिए नगर प्रहरीले एक्कसी गालि गैलज गर्दै हाम्रो ठेला गाडालाइ पल्टाएर सम्पूर्ण काक्रो नस्ट गरि हातपात गरेकाथियो । पक्राउ परेका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय लगिएकोछ ।

