छड बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

बारा, १५ बैशाख । छड बोकेको ट्याक्टर पछाडि मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीवार राति  कलैया–वीरगंज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टर पछाडि बा ८० प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको शरीर र टाउकोभरि छड रोपिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् ।
टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ । 

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?