बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रण

वीरगंज, २७ चैत ।
जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.२ ख ९३८९ नम्बरको ट्रकलाई आइतवार वीरगञ्ज महानगरपालिका वडा नं. १३ पावरहाउस चोकमा चेकजाँच गर्दा ट्रकभित्र रहेको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा बिलबिजकभन्दा बढी देखिएपछि कारबाइको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?