ठोरीको शिकारीवासमा दुर्घटना, युवकको मृत्यु

वीरगंज, १७ फागुन । पर्साको ठोरीस्थित शिकारीबास पुलमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा ठोरी गाउँँपालिका ४, विजय बस्तीका २८ वर्षीय हर्क बहादुर श्रेष्ठ गम्भीर घाइते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?