‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

फागुन२९:तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्ड जितेको छ।

ओस्कारको ९५ औं संस्करणअन्तर्गत गीतले मौलिक विधामा अवार्ड हात पारेको हो।

‘Naatu Naatu’ from ‘RRR’ wins the Oscar for Best Original Song! #Oscars #Oscars95 pic.twitter.com/tLDCh6zwmn

— The Academy (@TheAcademy) March 13, 2023

यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्।

यसको सबभन्दा धेरै रूचाइएको पाटो नृत्य हो। रामचरण र एनटिआरले जोडी बाँधेर गरेका हुकस्टेपको झलकले नै संसारभरका धेरैलाई नचाएको थियो।

गीत ‘नाटु नाटु’ मा रामचरण र जुनियर एनटीआरले नृत्य गरेका छन्। निर्देशक एसएस राजामौलीको ‘ट्रिटमेन्ट’ले यो गीतले नयाँ उडान भरेको थियो।

The post ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?