बसको ठक्करबाट १ जनाको मृत्यु

२१ फागुन, बारा । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बसले ब्याक गर्ने क्रममा आइतबार बुद्धचोकमा उनलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेका मियालाई सिटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।

गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?