ठाकुरराम क्याम्पसमा आगजनी ,३ विद्यार्थी पक्राउ

वीरगन्ज ,२६फागुन: वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन्। स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएका हुन्।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २७२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो। विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका छन्।

आगलागिबाट फर्निचर जलेका छन्। आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेताहरु सुजित गिरी, शिवम साह र मनिष चाैहान गरि ३ जनालाई नियन्त्रणमा लिएको छ। क्याम्पसमा तनाव सिर्जना भएपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

The post ठाकुरराम क्याम्पसमा आगजनी ,३ विद्यार्थी पक्राउ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?