सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, २४ घाईते

काठमाडौं ,२८फागुन: सिन्धुलीकाे फिक्कल गाउँपालिका वडा नम्बर ४ कुईभिरमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ ।दुर्घटनामा २४ जना घाईते पनि भएका छन् ।

ओखलढुङ्गाबाट काठमाडौं तर्फ जादैं गरेकाे बा २ ख ६५९६ नम्बरकाे बस आइतबार बिहान ९ बजेतिर सडक छेउकाे भित्तामा ठाेक्किएर दुर्घटना भएकाे हाे ।

प्रहरीका अनुसार दुर्घटनामा ५ जनाकाे मृतक घटनास्थलमै मृत्यु भएकाे हाे । मृतकहरुकाे पहिचान खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे प्रहरी र स्थानियले उद्धार गरिरहेका छन् । बसमा २९ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ।

The post सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, २४ घाईते appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?