स्ववियु चुनाव: ठाकुरराम क्याम्पसमा नेविसंघलाई जिताउन समन्वय समिति गठन

मधेसखबर
वीरगन्ज ,१८फागुन : चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेस पर्साले वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा समन्वय समिति गठन गरेकाे छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघलाई जिताउनका लागि कांग्रेस पर्साले जिल्ला सहसचिव नवीन सिंहकाे संयाेजकत्वमा ७ सदस्यीय समन्वय समिति गठन गरेकाे कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जारी गरेकाे पत्रमा उल्लेख छ।

समन्वय समितिकाे सदस्यहरुमा नेपाल तरुण दल पर्साका सभापति विकास तिवारी ,नेविसंघ पर्साका सभापति रमेश यादव , हरिन्द्र यादव, सुरेन्द्र लामिछाने , नेविसंघका इकाइ सभापति मनाेज कुमार साह र रामविनेस यादव रहेका छन् ।

The post स्ववियु चुनाव: ठाकुरराम क्याम्पसमा नेविसंघलाई जिताउन समन्वय समिति गठन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?