धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

२१ फागुन, जनकपुरधाम । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई  उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई  जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी गौतमले बताए ।

मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?