‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म

काठमाडौं ,१०फागुन:शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ । यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।

साथै, यो फिल्म सबैभन्दा छिटो ५०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म समेत बनेको छ । यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ले घरेलु बक्स अफिसमा ३७४.४३ करोड भारु कमाएको थियो । तर ‘दंगल’को यो रेकर्डलाई ‘पठान’ले धेरै अघि तोडिसकेको छ ।

‘पठान’ले पहिलो सातामै ३०० करोड भारुको आँकडा पार गरेको थियो । ओपनिङ कलेक्सन ३१८ करोड भारु थियो । यसअघि ‘केजीएफ २’को हिन्दी संस्करणले पहिलो साता सबैभन्दा धेरै कमाएको थियो भने ‘बाहुबली २’ दोस्रो स्थानमा थियो ।

रिलिजको पहिलो दिनमा ‘पठान’ले ५५ करोड भारु ओपनिङ गरेको थियो । यसअघि यो रेकर्ड ‘केजीएफ २’ को नाममा थियो, जसको हिन्दी संस्करणले पहिलो दिन ५३.९५ करोड भारु कलेक्सन ग¥यो । हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’ले भारतमा ५३.३५ करोड भारु ओपनिङ गरेको थियो । ‘पठान’ले रिलिजसँगै यी सबै रेकर्ड तोडेको छ ।

पछिल्लो १० वर्षमा शाहरुखको फिल्मको कलेक्सनको कुरा गर्दा ‘चेन्नई एक्सप्रेस’ले २२७.१३ करोड भारु कमाएको थियो । ‘ह्याप्पी न्यु इयर’ले २०३ करोड भारु कमायो । फ्यानको कुल कलेक्सन ८८ करोड भारु थियो भने ‘डियर जिन्दगी’ले ६८.१६ करोड भारु कमाएको थियो । पछिल्लो दशकमा शाहरुखका फिल्मले खासै कमाउन सकेका छैनन । तर चार वर्षपछि उनी आक्रमक ढंगले बक्स अफिसमा फर्किए र कीर्तिमानलाई आफ्नो पोल्टामा पारे ।साभार:अनलाइनखबर

The post ‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?