दोश्रो टेष्टमा पनि अस्ट्रेलिया माथि भारतको सानदार जित

वीरगन्ज,७फागुन : अस्ट्रेलिया विरुद्धको दोश्रो टेष्ट क्रिकेटमा पनि भारतले सहज जित हात परेको छ । भारतले दोस्रो टेस्टको तेस्रो दिन आइतबार अस्ट्रेलियालाई ६ विकेटले सहजै पराजित गर्दै चार खेलको सिरिजमा २–० को अग्रता पनि लिएको छ ।

जितका लागि पाएको १ सय १५ रनको लक्ष्य भारतले केवल ४ विकेट गुमाएर प्राप्त गरेको हो । दोश्रो इनिङमा भारतका लागि चेतेश्वर पुजारा र कप्तान रोहित शर्माले समान ३१/३१ रन बनाए ।त्यसअघि अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा १ सय १३ रनमै अलआउट भएको थियो ।

यसअघि अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा पनि भारत नै विजयी थियो । भारतको नागपुरमा भएको उक्त खेलमा भारतले अस्ट्रेलियालाई एक इनिङ्स र १३२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

The post दोश्रो टेष्टमा पनि अस्ट्रेलिया माथि भारतको सानदार जित appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?