जिपी कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज गुप्ता मनोनित

मधेसखबर
वीरगन्ज ,४ फागुन : गिरिजा प्रसाद (जिपी) कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज कुमार गुप्ता मनोनित भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता गुप्तालाई , फाउण्डेशनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले फाउण्डेशन पर्साको संयोजकमा मनोनित गरेकी हुन् ।

गुप्तालाई २ वर्षका लागि फाउण्डेशन पर्साको संयोजकमा मनोनित गरिएको केन्द्रिय अध्यक्ष कोइरालाले बताएकि छन् । वीरगन्ज निवासी गुप्ता , विभिन्न सामाजिक कार्यमा पनि सृकय रहदै आएका छन् ।

केन्द्रिय अध्यक्ष कोइरालाले पर्सा संयोजकमा मनोनित गरेको पत्र गुप्तालाई हस्तान्तरण गर्दै फाउण्डेशनका मधेस प्रदेश संयोजक तथा कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले फाउण्डेशनको बिधान बमोजिमको उदेश्यहरु प्राप्ति गर्न गुप्ताको कार्यकालको सफलताको शुभकामनाका साथै बधाई समेत दिए ।

शाहबुद्धिन , यसअघि फाउण्डेशन पर्साको अध्यक्ष थिए । उनि फाउण्डेशन मधेस प्रदेशको अध्यक्ष भएपछि पर्सा संयोजकमा गुप्तालाई मनोनित गरिएको हो ।

 

The post जिपी कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज गुप्ता मनोनित appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?