फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने

काठमाडौं,२६माघ : आगामी फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ । साथै ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ ।

कार्यालयले सूचनामा भनेको छ ‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ ।’ अन्यथा कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ । साभारः कान्तिपुर

The post फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?