बारा २९ माध / बाराको विश्रामपुर गाउँपालिकाको वडा न ५ ईटियाही बस्ने किसुन साह सोनारले
सार्वजनिक बाटो मिचेर घर बनाएको वादि हलिम मियाले किसुन साह सोनारलाइ प्रतिवादी बनाएर जिल्ला अदालत बारामा निेवेदन दिएको थियो । सो निवेदनको फैसला बादी हलिम मियाको हकमा अदालतबाट फैसला भएको मा सो फैसलको कार्यान्वयन गराउन जिल्ला अदालतको कर्मचारी र इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरक्षक नरेन्द्र कुमार बोगटीको कमान्डमा रहेको टोलीले सार्वजनिक बाटोमा बनाइएको घर भत्काइ अदालतको फैसला कार्यान्वयन गरिएकोछ । सो क्रममा प्रतिवाद किसुन साह र निजको श्रीमती छोराहरुले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्न खेाजेपछी
निजहरुलाइ नियन्त्रणमा लिने क्रममा साह र निजको छोराहरुले प्रहरीमाथि हातपात गरेकाथियो । साहको माइलो छोराले महिला प्रहरी माथि हातपात गरेर फरार भएकाछन ।निजलाइ प्रहरीले खोजतलाश गरिरहेकाछन ।
